More stories

  • in

    पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत

    महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ । महासचिवको चयनलाई […] More

  • in

    स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको […] More

  • in

    ‘कांग्रेसले पार्टी र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन सकेन’

    नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले नेपाली कांग्रेसले पार्टीका विभिन्न संरचना र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन नसकेको गुनासो गर्नुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी देशभर चार लाखभन्दा बढी श्रमिक आवद्ध रहेको नेपाल ट्रेड युनियन कांग्रेसलाई पार्टीले बुझ्न नसकेको गुनासो गर्नुभएको हो । “पार्टीका निर्वाचन र संसद्को निर्वाचनमा मजदूरलाई परिचालन गरे पनि […] More

  • in

    प्रतिनिधिसभा : नागरिक विधेयकमाथिको छलफल जारी

    नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आ आफ्ना धारणा व्यक्त गर्नुभएको हो । सन्देशसहित फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति […] More

  • in

    प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव आज केहीबेरमा सुरु हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्नुहुने हुने संसद्को आजको कार्यसूची रहेको छ । नागरिकता, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा […] More

  • in

    ‘अध्यादेश र विधेयक उस्तै होइन’

    नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताउनुभयो । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न […] More

  • in

    सांसदको जिज्ञासा : राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

    वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिने गरी काम हुन नसकेको भन्दै सांसद लालप्रसाद सावा लिम्बुले सरकारको ध्यानाकर्षण गराउनुभयो । विकास निर्माणको […] More

  • in

    जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली

    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनु भएको छ ।नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो । स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले […] More

  • in ,

    राष्ट्रपति भण्डारी पोखरामा

    राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनुभएको छ । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बस्नुभएको छ […] More

  • in

    नागरिकता विधेयकमा सबै दल एक हुनुपर्नेमा नेता खनालको जोड

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउनुभएको छ । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताउनुभएको हो । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा […] More

  • in

    सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक […] More

  • in

    निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल

    केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड […] More

Load More
Congratulations. You've reached the end of the internet.