More stories

  • in

    धौलागिरि अस्पतालमा उपचार पाउनै सास्ती

    धौलागिरि अस्पतालमा उपचारका लागि आउनुभएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गर्नुभयो । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरि स्वास्थ्य बीमा गरिएका कारण पनि अपमानित जस्तो बन्नुपरेको उहाँको गुनासो थियो ।स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गर्न खोज्दा सामान्य लाइनमा दुई घण्टा लगाएर पैसा तिर्नुपरेको, भिडियो एक्सरेको रकम जम्मा गर्न दुई घण्टा लाइन बसेर […] More

  • in

    मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताउनुभयो । “चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको […] More

  • in

    रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु

    भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ ।बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल […] More

  • in

    मिर्गाैला प्रत्यारोपणमा अर्थाभाव

    ताराखोला गाउँपालिका–५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो ।त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन […] More

  • in

    मकवानपुरमा डेङ्गुका बिरामी फेला

    हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । […] More

  • in

    गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

    गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो । गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी […] More

  • in

    बढ्न थाले कोरोना सङ्क्रमित

    साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ । केही महिनायता स्थिर रहेको सङ्क्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दैनिक सरदर छ÷सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना सङ्क्रमित भेटिएको बताउनुभयो । “साउनदेखि प्रत्येक दिनजसो सङ्क्रमित भेटिने […] More

  • in

    बिरामीलाई रगत निःशुल्क

    पर्साको वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ । विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाअध्यक्ष साह कानुले बताउनुभयो । उहाँका अनुसार वडाले निःशुल्क […] More

  • in

    सघन उपचार नपाउँदा ३२ वर्षीय युवाको मृत्यु

    सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् । श्रेष्ठ बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो । करिब मध्यराततिर सर्पले […] More

  • in

    कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ

    सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय […] More

  • in

    कोरोना सङ्क्रमित बढे, सतर्कता अपनाउन आग्रह

    केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो । अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण गर्दा कोभिड सङ्क्रमण पुष्टि भएको […] More

  • in

    डेङ्गु–सङ्क्रमण : काभ्रेका नौ जनामा पुष्टि

    जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रोसाता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु […] More

Load More
Congratulations. You've reached the end of the internet.