Connect with us

श्रीमती झु’न्डिएको ठाउँ देखाउदै श्रीमानले भने “बिष्णु रातिमा चि’च्याउथी,डरा’उथी,मलाई झुक्काएर विवाह गराए” (भिडियो)

कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ । श्रीमानको मृत्यु पछि एक्लै आमाले हुर्काएकी छोरीको अचानक मृत्यु भएपछि आमाको आँखा ओभाएको छैन । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग उनको विवाह भएको थियो । उनका श्रीमान पहिलो पटक मिडियामा सार्वजनिक भएका छन् । उनी इन्डिया बसेर अध्ययन गरेका थिए । उनले आफुलाई विष्णुको माइती पक्षले अनावश्यक आरोप लगाएको भन्दै दुख ब्यक्त गरेका छन् ।

उनले विष्णुले अस्वभाविक ब्यवहार देखाएको बताएका छन् । विवाहकै दिनमा पनि विष्णुको ब्यवहार अनौठो देखाएको उनको श्रीमानको भनाई छ । उनले भने, विष्णुमा कुनै स्वास्थ्य समस्या थियो भने माइती पक्षले त्यसको बारेमा जानकारी गराउनुपर्ने प्रदिपको भनाई छ । माइतीले दाइजोका कारण छोरीको मृत्यु भएको आशंका गरेका बेलामा उनका श्रीमानले भने आफुहरुले कहिल्यै दाइजोको माग नगरेको बताए ।

उनले विष्णुले नै आफ्नो इच्छाले सामान ल्याएको बताएका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेको विष्णुकी आमाको भनाई छ । विष्णुको श्रीमान आफु निकै दुखी भएको बताए । हामीले केही गल्ती गरेका थियौं भने हामीलाई भन्नु पर्थयो । विष्णुले समस्या भएको भए आफै पनि कुरा गर्न सक्थ्यो । उ आफै पढे लेखेको थियो । हामीले उसलाई ट र्च र दिने कुरा कसरी सम्भव हुन्छ ?

हामीले केही गरेको भए उसले आमालाई र माइतीका अरुलाई पनि फोनमै त्यो कुरा सुनाउन सक्थ्यो । अहिले यसरी आरोप लगाएको कुरा सुन्दा मलाई निकै नरमाइलो लागेको छ । उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् । गौतम विष्णुको आमाको भान्जी हुन् ।

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले देह त्याग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् । श्रीमानले पनि घटना भन्दा अघिल्लो दिन विष्णु निकै खुसी देखिएको बताएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.