Connect with us

जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आएन

जाजरकोट, २२ वैशाख : अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बताउँछन् । प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको चिकित्सक बताउँछन् । असामान्य खालका बिरामीलाई उपचार गर्न प्रयोग हुने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याएदेखि प्रयोगमा आउन नसक्नु दुःखद् भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताउनुभयो । नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँको अभावकै कारण सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैशीले बताउनुभयो । “प्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेर जानकारी आएको छ, सायद छिट्टै हुन्छ होला”, उहाँले भन्नुभयो । त्यस्तै एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएको सामग्री ठाउँ अभावका कारण जोड्न नसकिएको उहाँले बताउनुभयो । पच्चीसमध्ये अहिलेसम्म १५ वटा मात्र जोडिएको जैशीको भनाइ छ । जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भए पनि अघिल्लो वर्ष खरिद गर्नुपर्ने अक्सिजन प्लान्ट अहिलेको आर्थिक वर्षको अन्तिममा आएर काम शुरु गर्दा बिरामीले सुविधा पाउन मुस्किल भएको छ ।

पलान्ट खरिद गर्नका लागि सम्झौता मात्र भएको तर कहिले जिल्ला अस्पतालमा पुग्ने हो, त्यसको कुनै समय नभएको अस्पताल प्रशासनले बताएको छ । कोरोना महामारीको समयमा २०० भन्दा बढी बिरामी भए पनि ठाउँ अभावका कारण अस्पतालमा उपचार हुनसकेको छैन । जिल्ला अस्पतालमा १० चिकित्सक भए पनि सामग्री खरिदका लागि नेतृत्वले इच्छाशक्ति नदेखाउँदा हैरान भएको स्वास्थ्यकर्मी बताउँछन् । कोरोना सङ्क्रमितलाई राख्नका लागि प्रत्येक पालिकाले कम्तीमा १० देखि १५ शय्यासम्मको क्वारेन्टिन बनाउने निर्णय भए पनि स्थानीय तहले त्यसको कार्यान्वयन गरेका छैनन् । भारत वा अन्य मुलुकबाट आएका सर्वसाधारण सिधै घर जाने गरेका छन् । भेरी नगरपालिका–२ मा भारतबाट आएका सर्वसाधारण बिरामी हँुँदा व्यवस्थापनमा समस्या आएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.