Connect with us

कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती, २२ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्न र वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले दोहोरो नपर्ने र जनजीविकासँग जोडिने कार्यक्रमको तर्जुमा हुनुपर्ने बताउँदै सोहीअनुसार गर्न निर्देशन दिनुभयो । त्यस्तै प्रदेशका प्रमुख सचिव डा मुकुन्दप्रसाद पौड्यालले बजेट, कार्यक्रम र नीतिबीच अन्तरसम्बन्ध हुने भएकाले तीनवटै विषयलाई सबै विषयगत मन्त्रालयहरूले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्दा कुनै नयाँ नियम, कानून वा निर्देशिका आवश्यक पर्ने भएमा सबै विषयगत मन्त्रालयहरुले सो पहिल्याई अग्रिमरूपमा मस्यौदा तयार पार्दा कार्यान्वयनमा सहज हुने उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेशका सातवटै मन्त्रालयका सचिवले नीति कार्यक्रमका सम्बन्धमा आ–आफ्नो भनाइ प्रस्तुत गर्नुभएको थियो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.