Connect with us

थाहा नगरपालिकामा सर्वदलीय समिति गठन

मकवानपुर, २१ वैशाख : मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधि सदस्य रहनुभएको छ । नगरपालिकाको १ देखि १२ वडाका कोभिड–१९ सङ्क्रमित बिरामीको पहिचान र जनचेतना अभियान सञ्चालन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्ट बताउनुभयो । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिकाले प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाको १२ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गरी बिरामीको तथ्याङ्क सङ्कलन गरिने प्रमुख विष्टले जानकारी दिनुभयो । नगरपालिकाभित्र सोमबारसम्ममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एकजनालाई उपचारका लागि हेटाँैडा अस्पताल पठाइएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.