Connect with us

सङ्क्रमणदर बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै

काभ्रेपलाञ्चोक, २१ वैशाख : जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण १०६ मा पुष्टि भयो । अघिल्लो दिन ४१ सङ्क्रमित थिए । तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना सङ्क्रमण देखियो । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो छ । हाल जिल्लाका कूल ५५५ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १७७, पनौतीमा १३२, धुलिखेलमा १२९, पाँचखालमा ४७, नमोबुद्धमा २१, मण्डनदेउपुरमा १६ तथा रोशी गाउँपालिकामा सात, चौँरीदेउरालीमा तीन, तेमालमा चार र भुम्लु छ, खानीखोलामा दुई, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी बनेपा नगरमा ३१ दशमलव ८९ प्रतिशत सङ्क्रमित रहेका छन् । हालसम्म जिल्लाका ५० कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । “सङ्क्रमण समुदायमा फैलिएकाले दिनानुदिन सङ्ख्या बढ्ने आँकलन गरिएको केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । “कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो । केही दिनदेखि सङ्क्रमणदर दोब्बर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले प्रमुख शहरलगायत दुई राष्ट्रिय राजमार्गमा सिमाङ्कन गरी सोमबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारको कोरोना ‘रेड जोन’का २२ जिल्लामध्ये काभ्रेपलाञ्चोक पनि हो ।

यसैबीच कोरोना सङ्क्रमणदर बढ्दै गएपछि जिल्लाको चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएका छन् । १३ तहमध्ये बाँकी तहले पनि आइसोलेशन व्यवस्थित गर्दैछन् । केन्द्रले हप्ताअघि सबै तहलाई अक्सिजनको थप सुविधासहित आइसोलेशनलाई पूर्ववत् अवस्थामा राख्न आग्रह गरे पनि कसैले चासो दिएका थिएनन् । केही दिनदेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पाँचखाल नगरले गत शुक्रबार १५, बनेपा नगरले आइतबार ५० तथा नमोबुद्ध नगर र रोशी गाउँपालिकाले सोमबारदेखि संयुक्तरूपमा पछि २५ शय्या थप्ने गरी नमोबुद्धको भकुण्डेमा २५ शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएका छन् । बनेपाले भने ५० मध्ये चार शय्यामा मात्रै हाल अक्सिजन सेवा उपलब्ध गराइएको नगर उपप्रमुख रेखा दाहालले जानकारी दिनुभयो । पनौती र धुलिखेल नगरमा केही दिनभित्रै आइसोलेशन सञ्चालनमा ल्याउने जनाइएको छ । दोस्रो लहरको सङ्क्रमणको तीन साता बितिसक्दा काभ्रेपलाञ्चोकमा पनि नौ स्थानीय तहले आइसोलेशन व्यवस्थापनमा आलटाल गरिरहेको देखिन्छ । बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालले भने हप्ताअघि नै आइसोलेशन व्यवस्थित गरी सेवा दिइरहेका छन् ।

सम्भावित जोखिमलाई मध्यजर गर्दै आइसोलेशन व्यवस्थित गर्नुपर्नेमा सङ्क्रमित सङ्ख्या न्यून रहेको जनाउँदै आठ तहले बेवास्ता गरेका छन् । “दुई जना त सङ्क्रमित छन्, आइसोलेशन बनाउँदै जाउँला नि”, खोनीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भन्नुभयो । गत वर्ष काभ्रेपलाञ्चोकका सबै स्थानीय तह सबैले आवश्यकताअनुसार क्वारेन्टिन निर्माण गरेका थिए । बनेपा र धुलिखेल नगरले ५० शय्या, पाँचखालले सात, पनौतीले छ र नमोबुद्ध नगरले छ शय्याको आइसोलेशन कक्ष व्यवस्थित गरेका थिए ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Copyright © 2017 ostake.