Connect with us

कोरोनाका कारण दुईको मृत्यु

चितवन, २० वैशाख : जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँको आँबुखैरहनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः४५ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।

यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा बाराको कलैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको उपचारका लागि वैशाख १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज बिहान ९ः३५ बजे मृत्यु भएको हो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.