Connect with us

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

बनेपा, २० वैशाख : नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा खटेर काम गर्ने पत्रकारलाई सहयोगस्वरुप मास्क, स्यानिटाइजर, फेसशिल्ड, ग्लोब्सलगायतका सामग्री वितरण गरेको हो ।

प्राप्त सामग्री जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाइन सञ्चार गृहलगायतमा क्रियाशील सञ्चारकर्मीलाई सो सामग्री उपलब्ध गराइएको हो । संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नमिले पनि कोभिडको महामारीका बेला पत्रकारलाई सुरक्षित तरिकाले कार्यक्षेत्रमा खटिन तथा समाचार सङ्कलन कार्यमा लाग्न हौसलास्वरुप स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले बताउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.