Connect with us

अप्रिलमा भित्रिए २२ हजार विदेशी

काठमाडौँ, २० वैशाख : गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् ।

विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसमा ११ हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८०३ पर्यटक नेपाल भित्रिएका छन् । सोमा ६६५ पुरुष र १३८ महिला छन् । गत जनवरीमा आठ हजार ८७४ र फेबु्रअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी गत मार्चमा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी एक महिनामा १७ हजार ५७७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । सोमा १३ हजार ८०४ पुरुष, तीन हजार ७४७ महिला र २६ जना अन्य नागरिक रहेका छन् । एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५८ हजार ४४९ नेपाली स्वदेश फर्किएका छन् । त्यसमा ४८ हजार ७९९ पुरुष, नौ हजार ६४६ महिला र चार अन्य नागरिक छन् । यस्तै एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.