Connect with us

प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर

गोदावरी, २० वैशाख : कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि सो फाउन्डेशनले सोमबार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो । फाउन्डेशनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा सेती प्रादेशिक अस्पताललाई ९८ थान सिलिन्डर उपलब्ध गराएको फाउन्डेशनका संस्थापक श्याम तायलले जानकारी दिनभयो । डडेल्धुरा अस्पताललाई २२ सिलिन्डर आज नै उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिन्डर र टीकापुर अस्पताललाई २० सिलिन्डर उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ । अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेशका मुख्य चारवटा अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइने तायलको भनाइ छ । यहाँका अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका बिरामी बढ्दै जाँदा अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले १०० वटा खाली सिलिन्डर उपलब्ध गराउन अपिल गरेको जनाइएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.