Connect with us

४१ जिल्लामा निषेधाज्ञा आदेश जारी

काठमाडौँ, २० वैशाख : सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

केही जिल्लामा आज रातिदेखि आदेश कार्यान्वयनमा जाँदै छ भने केही जिल्लामा मङ्गलबारबाट लागू हुनेछ । अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ । प्राप्त विवरणअनुसार बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडीमा निषेधाज्ञा जारी गरिएको छ । यस्तै रामेछाप, ताप्लेजुङ, अर्घाखाँचीमा आज रातिदेखि लागू हुनेगरी र नुवाकोट, धनुषा तथा दैलेखमा मङ्गलबारदेखि लागू हुने गरी आदेश जारी गरिएको छ । त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Copyright © 2017 ostake.