Connect with us

साप्सुखोला पुल ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सकियो

खोटाङ, २० वैशाख : जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको बिम तथा स्ल्याब ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन ४० मिटर लामो प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल ढलानको काम तोकिएको समयभन्दा महिना दिनअगाडि नै सम्पन्न गरिएको हो । निर्माण कम्पनी सूर्य एण्ड सन्स प्रालिले यही वैशाख १२ गतेदेखि पुलको बिम तथा स्ल्याब ढलान शुरु गरेको थियो । ढलानको काम सम्पन्न गरिएको उक्त पुलको अन्य काम २८ दिनपछि टेण्डम वायर तानेपछि मात्र शुरु गरिने निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज एवं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताउनुभयो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण शुरु गरिएको पुल विसं २०७६ असार ११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । निर्माण कम्पनीले २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता गरेको थियो ।

रु पाँच करोड ६० लाख १० हजार ५४५ मा सम्पन्न हुने पुलमा गाउँपालिकाको रु दुई करोडको हाराहारीमा बजेट खर्च हुने जनाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त लगानीमा उक्त पक्की पुल निर्माणको काम शुरु गरिएको हो । गत वर्ष कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको बन्दाबन्दीको समयमा पनि निर्माण कम्पनीले उक्त निर्माणाधीन पक्की पुल निर्माणको कामलाई निरन्तरता दिएको थियो । दिक्तेलबाट खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सुखोलामा प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको हो । विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सुखोलामा पुल निर्माणको काम अघि बढाइएको पक्की पुल बिममा तार घुसाएर तार तन्काएपछि तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल भएको जनाइएको छ । साप्सुखोलामा पक्की पुल निर्माण भएपछि दक्षिणी क्षेत्रको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयवासीलाई साविकको सदरमुकाम दिक्तेल आउजाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्ने छ ।

साप्सुखोलामा पक्की पुलको अभाव हुँदा उक्त सडकखण्डमा हिउँदभर करिब छ महिनामात्र यातायातका सवारी साधन सञ्चालन हुँदै आएको थियो । लामो समयसम्म अवरुद्ध हुँदै आएको सडकखण्डमा पर्ने साप्सुखोलामा पक्की पुल बनेर सञ्चालनमा आउने भएपछि दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तह जोड्ने सडकखण्डका खोलामा पक्की पुल निर्माणको काम भइरहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका जोड्ने तापखोलामा भर्खरैमात्र मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.