Connect with us

मानव बेचबिखन आरोपमा एक पक्राउ

चितवन, ६ वैशाख : जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।

गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टले जानकारी दिनुभयो । गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको भट्टद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.