Connect with us

कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या

महेन्द्रनगर, २ वैशाख : साढे चार दशकअघि स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा समस्या सिर्जना भएको छ । स्थापनाकालमा २३ जनाको दरबन्दी कायम भएको कारागारमा ९५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ४१४ कैदीबन्दी हुँदा थप समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले कारागारमा प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन प्रहरी राख्न आवश्यक रहेको बताउनुभयो । “पाँच कैदीलाई यताउता लैजानु पर्दा १० प्रहरी खटिनुपर्ने स्थिति छ”, प्रहरी उपरीक्षक चर्तुवेदीले भन्नुभयो, “न त सुरक्षित भ्यान छ न त जनशक्ति थप ।”

कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जीर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरे पनि कुनै सुनुवाइ अहिलेसम्म भएको छैन । प्रहरी उपरीक्षक चर्तुवेदीले कारागारमै प्राथमिक स्वास्थ्य सुरक्षाको व्यवस्थासमेत हुनुपर्ने बताउनुभयो । “जिल्ला बाहिर कैदीबन्दी सार्नुपरे सुरक्षाकर्मीको अभाव हुने स्थिति छ”, उहाँले भन्नुभयो, “एक प्रहरी कर्मचारी कारागारमा २४ घण्टा ड्युटी गर्नुपर्ने बाध्यता छ ।” त्यसैगरी कञ्चनपुर कारागारका जेलर माया बस्नेत थापाले अहिले कैदीबन्दीलाई टेन्टमा राख्नुपर्ने अवस्था आएको बताउनुभयो । “यहाँ ठाउँ नभएर चार कैदीबन्दी धनगढी र केही सङ्ख्यामा दाङ पठाउन माथि पत्राचार गरेका छौँ”, जेलर थापाले रासससँग भन्नुभयो, “कारागार पुनःनिर्माण र व्यवस्थापन सुधारका लागि केन्द्रमा धेरैपटक लिखित र मौखिक पहल हुँदा पनि अझै केही भएको छैन ।”

उहाँले १५ महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा अहिले २५ महिला बन्दी रहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रणका लागि जिल्लाभर चलाएको अभियानअन्तर्गत ब्राउनसुगर, खैरोहिरोइनलगायत लागुपदार्थसहित दिनहुँजसो अभियुक्त पक्राउ परिरहेका छन् । त्यसैगरी यहाँ महिला हिंसा, जबर्जस्ती करणी, चोरी, ज्यान मार्ने उद्योगलगायत घटना बढी हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । “कारागारबाट कम्तीमा डेढ÷दुई सय कैदीबन्दी अन्य कारागार पठाउनुपर्ने देखिन्छ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भन्नुभयो, “कारागारमा खटिने प्रहरीलाई थप सशक्त बनाउन जरुरी छ ।” (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.