Connect with us

आधुनिक योग भवन निर्माण हुँदै

कञ्चनपुर, २ वैशाख : शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा आधुनिक शैलीको योग भवन निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको लगानीमा सिद्धबैजनाथ वृद्ध मिलन केन्द्र तथा योग भवन निर्माणको कार्य शुरु गरिएको हो । एकैसाथ १०० जनाभन्दा बढीले योग गर्न मिल्ने भवन निर्माणका लागि कार्य अगाडि बढाइएको छ । भवनमा योगा हलसहित कार्यालय कक्ष, शौचालय, स्नानघर निर्माणको कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दीपक धामीले बताउनुभयो । नगरपालिकाले योग भवन निर्माणका लागि रु १० लाख रकम खर्च गरी फाउन्डेसनको कार्य पूरा गरेको छ । आगामी आवमा भवन निर्माणका लागि थप बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउने योजना अघि सारिएको छ ।

योगा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु ६० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ । भवन निर्माणका लागि स्थानीयवासीले तीन कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । निर्माण कार्य शुरु भएको योगा भवनको अवलोकन गर्दै नगर उपप्रमुख तुलसीदेवी हमालले स्वस्थ समाज निर्माणका लागि नगरपालिकाले कार्य अगाडि बढाएको बताउनुभयो । भवन निर्माण पूरा गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भवन निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासीले योगाबाट लाभ लिन सक्ने बताउनुभयो ।

यसैगरी सोही स्थान नजिकै जोडिएको सिद्धनाथ मन्दिर नजिकै नगरपालिकाकै रु पाँच लाखको लगानीमा सत्सङ्ग भवन निर्माण गरिएको छ । भक्तजनलाई भजनकीर्तनसँगै सत्सङ्गका कार्यक्रम सञ्चालन गर्नका लागि भवन निर्माण गरिएको हो । मन्दिरकै संरक्षणमा रहेको प्राकृतिक तालको संरक्षण गर्नका लागि नगरपालिकाले योजना बनाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । “तालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको छ”, स्थानीयवासी केदारी रानाले भन्नुभयो, “यसको संरक्षणका लागि नगरपालिकाले चासो दिनुपर्ने देखिन्छ ।”(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.