Connect with us

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठ क्क र खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुर्घटनामा परी घाइते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेका छन् । उनको मृत्यु पछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दुर्घटना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदसन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पीडित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च क्का जाम खुलेको हो । चक्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दुर्घटना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टायर बा लेर प्रदर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड त नावग्र स्त बनेको थियो । भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.