Connect with us

सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

काठमाडौँ, १९ फागुन : सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुभएको हो । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुगेर खोप लगाउनुभयो ।

त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गर्नुभएको थियो । प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.