Connect with us

आमाबुबाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

बनेपा, १० फागुन : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो ।

बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो । सो क्रममा उहाँले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गर्नुभयो । “भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनुपर्दछ”, उहाँले भन्नुभयो, “अहिलेदेखि राम्रो गर्दै जानुभयो भने भविष्यमा अवश्य पनि राम्रो मान्छे बन्नुहुनेछ ।” अहिले वितरण गरेको रकम देख्दा थोरै देखिए पनि एक पैसा पनि नभएको भन्दा यसले धेरै भएको बताउनुहुँदै उहाँले त्यसबाट खर्च गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्य यमुना कँडेलले बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत भएको बताउनुभयो । प्रदेशभित्रका अरु पालिकामा पनि यस्तै बालबालिका कति छन् भन्ने तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको उहाँले बताउनुभयो । “आगामी दिनमा पालिकासँग समन्वय गरेर वडा वडाबाट विवरण सङ्कलन गरी कस्ता कार्यक्रम सञ्चालन गर्दा कुनै पनि बालबालिका पछाडि पर्दैनन् भन्ने सोचिरहेका छौँ”, उहाँले भन्नुभयो, “आफ्ना छोराछोरीका बारेमा सबै अभिभावकले सोचेर काम गरिरहँदा त समस्या हुन्छन् भने अभिभावकविहीन बालबालिकालाई कति समस्या होला ?” समस्यामा रहेका बालबालिकाका लागि प्रदेश र स्थानीय सरकार सधैँ साथमा रहने उल्लेख गर्नुहुँदै उहाँले बालबालिका सुखी भएमा मात्रै राष्ट्र सुखी र समृद्ध हुने बताउनुभयो ।

कार्यक्रममा आमाबुबाविहीन बालक विजय खत्रीका संरक्षक (ठूलोबुबा) गोवद्र्धन खत्रीले नगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ता ढिला भएको बताउनुभयो । जनप्रतिनिधि आएर लामो समय बितिसकेको अवस्थामा अहिले आएर मात्रै वितरण गर्नु ढिला भएको उहाँको भनाइ छ । सो क्रममा १८ वर्षभन्दामुनिका नगरपालिकाको वडा नं २ बाट तीन, वडा नं ३ बाट दुई, वडा नं ६ बाट एक, वडा नं १० बाट दुई, वडा नं ११ बाट दुई र वडा नं १३ बाट दुई गरी १२ जनालाई जनही रु आठ हजारका दरले रकम वितरण गरेको थियो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.