Connect with us

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट घटना प्रकरणको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले आज उनलाई सार्वनजिनक गर्ने बताएको छ। भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन्। माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको भोलिपल्ट शव भेटिएको थियो।पक्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले कर णी गरेको घटनाको ब’दला लिन’ उनको ज्या न लि’एको बयान प्रहरीलाई दिएका छन्।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवाबाट भएकाे कर णीको ब’दला लिन उनकै छाेरीकाे ज्या न लि’एको हुँ भनेर बयान दिएका छन्।’पक्राउ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनकाे नजिककाे नाता पर्ने एक महिलामाथि यस्तै गरेका थिए। तर त्याे घटना गाउँमै मिलाइएकाे थियाे। ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेकाे बताएका छन्। भागरथीका बुवाकाे निधन भइसकेकाे छ । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.