Connect with us

हिंसारहित समाजका लागि महाकाली–मेची साइकल यात्रा

महेन्द्रनगर, २६ माघ : हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनाराका साथ आजदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली–मेची साइकलयात्रा शुरु गरिएको छ । बूढानीलकन्ठ राईटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो । रामबहादुर श्रेष्ठ (ओसो पुजारी) को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गर्नुभएको छ ।

समाजमा बढ्दै गइरहेको हिंसा अन्त्य र वातावरण संरक्षणका लागि साइकलयात्राको महत्व रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । काष्ठमाण्ड साइकल क्लबका अध्यक्षसमेत रहनुभएका यात्राका संयोजक श्रेष्ठले दश दिनमा साइकलमै मेची पुगेर यात्रा समापन गरिने बताउनुभयो । सिद्धार्थ र सगरमाथा इन्सोरेन्सले यात्रा सफल बनाउन आर्थिक सहयोग गरेको श्रेष्ठको भनाइ छ ।

महेन्द्रनगरमा प्रदर्शन
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज बिहान यहाँ विद्यार्थीले प्रदर्शन गरेका छन् ।

घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्र्दै यहाँको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको हत्यापछि त्यसको सर्वत्र विरोध भइरहेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.