Connect with us

भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन

लण्डन, २६ माघ : नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्चको बेलायतको सङ्गठनको पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले १२५ (हाल ९९ सदस्य र पछि बाँकी थप्ने गरी) सदस्यी केन्द्रिय कार्यसमिति गठन गरेको मञ्चका पूर्वअध्यक्ष रामशरण सिंखडाले जानकारी दिनुभयो । बेलायतका अन्य विभिन्न क्षेत्रलाई समेत समेटर हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताइएको छ । यसरी गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईं, साउथ वेष्टबाट रामकुमार गुरुङ र स्कटल्याण्डबाट जोनी पहारी रहनुभएको छ ।

बाह्र जना उपाध्यक्ष रहने गरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्वएमालेका तर्फबाट र महासचिवमा पूर्वमाओवादीका तर्फबाट रूपमा सुरेशजङ्ग शाह रहनुभएको छ । यसअघि अध्यक्ष रहेका राजेन्द्र पुडासैनी संस्थागत मूल्यमान्यता भुलेर प्रचण्ड–माधव नेपालको समूहको गलत नीतिको वकालत गर्दै हिँडेपछि मञ्चको पुनर्गठन गर्नुपरेको वक्ताको भनाइ थियो । कार्यक्रममा यो नै बेलायतको आधिकारिक सङ्गठन रहेको जनाइएको छ ।

आइतबार सम्पन्न उक्त कार्यक्रमको आधिकारिकरुपमा उद्घाटन गर्दै पूर्वसभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भइसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताउनुभयो । गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्थ गर्न लागेपछि प्रधानमन्त्रीले यो कदम चाल्नुभएको र अब हुन गइरहेको चुनावमा गलत विचार बोक्नेलाई परास्त गराउने बताउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.