Connect with us

अस्पताल भवन अलपत्र

म्याग्दी, २४ माघ : सदरमुकाम बेनीस्थित ५० श्यया क्षमताको सुविधा सम्पन्न भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिंदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै काम भएको छ । भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “पचास श्यया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छाँै”, कटुवालले भन्नुभयो, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’’

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । पन्ध्र शैया क्षमत्ताको अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । पछिल्ला दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना चालु आवमा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको छ । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का लिएको थियो ।

महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह हुनुहुन्छ । विसं २०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । हालसम्म दुई भवनको मात्र तेस्रो तला ढलान भएको छ भने एउटाको तेस्रो तला ढलानका लागि तयारी गरेर छोडिएको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री समेत हुनेछ । पटक–पटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताउनुभयो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख विदुर खड्काले पोखराको कार्यालयबाट हस्तान्तरण भएको फाइल अध्ययनसँगै ठेकेदारलाई काममा फर्किन ताकेता गरिएको उल्लेख गर्नुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.