Connect with us

जापानमा अपराधका घटनामा न्यूनता

टोकियो, २२ माघ : सन् २०२० मा जापानमा अपराधका घटनामा लगातार छैटौं वर्षसम्म गिरावट देखिएको प्रहरीद्वारा गरिएको एक अध्ययनले देखाएको छ । कोभिड–१९ को महामारीको क्रममा धेरै मानिसहरू घरमा बसिरहेका सन्दर्भमा विशेष गरी सडक अपराधमा उल्लेख्य न्यूनता आएको राष्ट्रिय प्रहरी मुख्यालय (एनपीए) ले बिहीबार सार्वजनिक एक रिपोर्ट मा उल्लेख छ । एनपीएको पछिल्लो तथ्याङ्कले घरेलु हिंसा र साइबर अपराधसँग सम्बन्धित परामर्श संख्याको विवरण अध्ययनको अवधिमा उच्च रहेको देखाएको छ ।

जापानमा सन् २०२० मा सम्पूर्ण खालका अपराधको सङ्ख्यामा सन् २०१९ को तुलनामा १७ प्रतिशतको गिरावट देखिएको एनपीएको तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा जापानमा कूल छ लाख १४ हजार ३०३ घटना दर्ता भएका जापानी प्रहरीले बताएको छ । तथ्याङ्क अनुसार जापानमा सन् २००२ मा अपराधका घटनामा दोस्रो विश्वयुद्धपछि उच्च सङ्ख्या अर्थात् २८ लाख ५३ हजार ७३९ घटना रेकर्ड भएका थिए । जापानमा महामारीका कारण सामाजिक गतिविधिमा आएको कमी पनि अपराधका सङ्ख्या कम हुनुको प्रमुख कारण हुनसक्ने पनि बताइएको छ ।

अपराध कमी हुनुमा महामारीका समय घर र निश्चित समाजमा सीमित बनेका मानिसहरूबीच भएका कतिपय घटनाहरू लुकेको हुनसक्ने र ती घटना महामारीका समय पीडितहरूसँग परामर्श गर्नका लागि भएका कठिनाईका कारण लुकेको हुनसक्ने सरकारी तथ्याङ्कमा उल्लेख छ । (रासस÷सिन्ह्वा)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.