Connect with us

साउनयता २२ वन्यजन्तु मरे, १८ जनावरको उद्धार

चितवन, २२ माघ : वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर गत साउन यता २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल र बाँकी चित्तल मरेका हुन् । वास्तविक तथ्याङ्क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौलीस्थित पूर्व पश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन् । उमेर पुगेर, बाघको आक्रमणबाट, एकापसमा जुधेर पनि मरेका उहाँले जानकारी दिनुभयो । यसै अवधिमा विभिन्न ठाउँबाट १८ जनावरलाई उद्धार गरिएको छ । चित्तल, बँदेल, रतुवा, मृग, अजिङ्गर, जरायो, मलछाप्रोजस्ता जनावरलाई उद्धार गरिएको हो । लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उहाँले बताउनुभयो । घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचारसमेत गरिएको छ । सामान्य घाइतेलाई निगरानीमा राखेर उपचारपछि बथानमा छाड्ने गरिएको छ ।

गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वन्यजन्तु मरेका थिए । सोमध्ये एउटा गैँडा र एउटा पाटेबाघ पनि रहेका थिए । त्यसै अवधिमा १६ जनावरलाई उद्धार गरिएको थियो । बरन्डाभार क्षेत्रमा दुवैपट्टि वन र बिचमा राजमार्ग रहेको छ । जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ । जिल्लामा ४३१ वटा कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँच धार्मिक वन रहेका छन् । टिकौलीपछि धेरै सवारी साधन आवतजावत हुने वन क्षेत्र नारायणगढ–मुग्लिन सडकखण्डको रामनगर क्षेत्र हो । सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडकमुनि पुलको व्यवस्था गरिएको छ । गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेका भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ । टिकौलीमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्न सकिएमा दुर्घटनामा कमी आउने उहाँले जानकारी दिनुभयो ।

यसअघि दाताले क्यामेरा जडान गरिदिएको भए पनि मर्मतसम्भार हुन नसक्दा थन्किएका छन् । सिसी क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षासँगै आपराधिक गतिविधि रोक्नसमेत सहयोग पुगेको थियो । जिल्लाका राष्ट्रिय वनअन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन् । टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागू गरेमा दुर्घटनामा कमी आउने खनाल बताउनुहुन्छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.