Connect with us

उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्ष श्रेष्ठ विजयी

चितवन, २० माघ : उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजयी हुनुभएको छ । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य सङ्घको १०औँ साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

लोकतान्त्रिक समूहका श्रेष्ठले ७९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्प्रर्धी प्रगतिशील समूहका शेषकुमारी ओली सडौलाले ४७६ मत प्राप्त गर्नुभयो । आज बिहान आएको अन्तिम मतपरिणामअनुसार वाणिज्यतर्फ विक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी हुनुभएको छ ।

उद्योगतर्फ जगतबहादुर पाण्डे, शङ्कर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र विक्रम चौधरी विजयी हुनुभएको हो । अधिवेशनमा एक हजार ४३० सदस्यले मतदात गरेका थिए । यसअघि सर्वसम्मत् रुपमा एशोसिएट सदस्यमा शिवराज उप्रेती निर्विरोध हुनुभएको थियो । एशोसिएट सदस्य सङ्घको तृतीय उपाध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदाधिकारीको भने बैठक बसेर तय गरिने व्यवस्था रहेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.