Connect with us

भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

चितवन, १९ माघ : भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच विद्यालयलाई बस खरीद गर्न रु एक करोड निकासा समेत गरेको छ । महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालू आर्थिक वर्षमा पाँच विद्यालयलाई बस किन्न एक विद्यालयलाई रु २० लाखका दरले प्रदान गर्न सम्झौता गरिसकिएको छ । कविलाश, नारायणी नमूना, भीमनगर, प्रभात र लक्ष्मी माध्यामिक विद्यालयलाई बस खरिदका लागि रकम विनियोजन गरिएको हो । ती विद्यालयले महानगरपालिकासँग सम्झौता गरी बस खरीदका लागि बोलपत्र आह्वान गरेका छन् । उहाँले भन्नुभयो, “हामीले रु २० लाखका दरले रकम दिने गरी सम्झौता गरेका छांै । अपुग भए विद्यालयले थप्नेछन् ।” भन्सार छुट गर्दा रु २२ लाखको हाराहारीमा बस आउने जनाइएको छ ।

प्रमुख पौडेलका अनुसार वाग्मती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणि विद्यालयले बस खरिद गरेर गत वर्षबाट सञ्चालनमा ल्याएको छ । यसैगरी आन्तरिक स्रोतबाट जानकी, भानु र प्रेमबस्ति माध्यामिक विद्यालयले पनि बस खरिद गरेर सञ्चालन गर्दै आएका छन् । बस सञ्चालनका लागि लाग्ने खर्च विद्यार्थीबाट उठाइँदै आएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले धेरै विद्यार्थी भएका, टाढाबाट आउनुपर्ने र प्राविधिक विषयको पढाइ गर्ने विद्यालयलाई पहिलो चरणमा बस दिइएको जानकारी दिनुभयो । यसको प्रभावकारिता हेरेर आउँदो वर्ष थप विद्यालयलाई बस किन्न सहयोग गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “महानगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिँदै आएको छ ।”छात्राहरुलाई साइकलदेखि विपन्न विद्यार्थीलाई न्यानो कपडासमेत बाँड्दै आएको जनाउँदै उहाँले विद्यार्थीको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

महानगरभित्र १२३ सामुदायिक र ९७ संस्थागत विद्यालय रहेका छन् । सामुदायिकमा ३५ हजार र संस्थागतमा ४० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । अधिकांश संस्थागत विद्यालयले विद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् । नमूना विद्यालयका रुपमा चिनिएको नारायणी नमूना माविका प्राचार्य पूर्णप्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर विकासका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । कक्षा १२ सम्म र प्राविधिक तर्फ डिप्लोमा इन्फरमेशन एण्ड टेक्नोलोजीको पढाइ गरेको यस विद्यालयमा दुई हजार ५५८ विद्यार्थी छन् । ती विद्यार्थीमध्ये देवघाट, शिवघाट, लामाटोललगायतका क्षेत्रबाट अभिभावकले बस र चारपाङग्रे साधन (म्याजिक) भाडामा लिएर विद्यार्थी पठाउने गरेका छन् । प्राचार्य दवाडी विद्यालयमा रहेका बौद्धिक अपाङ्ग र सवारीसाधन भाडामा लिएर आउने गरेका विद्यार्थीलाई बसले बोक्ने जानकारी दिनुभयो । विद्यालयमा बौद्धिक अपाङ्ग २९ अध्ययनरत छन् । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.