Connect with us

मुलुकलाई स्थायित्व दिन निर्वाचन गर्न लागिएको हो : उपप्रम पोखरेल

नुवाकोट, १९ माघ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभएको छ । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट गर्नुभयो । “तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताउनुभयो ।  पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताउनुभयो ।

यसैबीच आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिनुभयो । उहाँले नागरिकलाई दिइने दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि कार्यालय कार्यालयबीच समन्वयको खाँचोमा जोड दिनुभयो । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.