Connect with us

बन्यो त्रियुगाको पानी स्वच्छ र पिउनयोग्य

उदयपुर, १९ माघ : केही वर्षअघिसम्म नदी किनार वरपर फोहरमैला जम्मा गर्ने र फोहर फाल्ने तथा मनपरी दिसा, पिसाव गर्ने कारण दुर्गन्धित हुने गरेको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्रको त्रियुगा नदी अहिले स्वच्छ बन्न पुगेको छ भने नदीको पानी पिउनयोग्यसमेत बन्न पुगेको छ । पाँच वर्षअघि नै नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि नगरपालिकाको अगुवाइमा त्रियुगा नदी सरसफाइ अभियान तीव्ररुपमा सञ्चालन गर्दै आएको र जताततै फोहर गर्ने कार्यलाई निगरानी गर्ने र रोक लगाएपछि अहिले यस नदीको पानी स्वच्छ र पिउनयोग्य बन्न पुगेको छ ।

प्रत्येक महिना पहिलो हप्ता र अन्तिम हप्ता जनप्रतिनिधिको नेतृत्वमा त्रियुगा नदी क्षेत्र आसपास सरसफाइ अभियानलाई निरन्तर जारी राखेपछि अहिले नदीको पानी ५० वर्ष अगाडिको जस्तै स्वच्छ र सफा बन्न पुगेको नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताउनुभयो । अब त्रियुगा नदी ५० वर्षअघिको अवस्थामा नै स्वच्छ भएर फर्कन पुगेका कारण अब यो स्वच्छतालाई सबैले कायम राख्न सबैले सहयोग गर्नुपर्ने धारणा राह्नुहुन्छ । त्रियुगा शान्तिधाम व्यवस्थापन समिति गाईघाटका अध्यक्ष गिरिराज खतिवडा भन्नुहुन्छ, “त्रियुगा नदी हिजो बाजे पुर्खाको पालादेखि पवित्र धाम पनि हो, विगतमा नदी क्षेत्र धेरै नै फोहर र पानी प्रदूषित बन्न पुगे पनि अहिले सरसफाइ अभियानबाट नदीको पानी स्वच्छ र नदी क्षेत्र सफा बनेको छ भने नदीको पानीले नुहाउन र नदीको जल विभिन्न शिवमन्दिरमा लगेर जल चढाउन सकिने भएको छ ।”

केही वर्षअघिसम्म यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दा नै त्रियुगा नदी आसपास किनार क्षेत्रमा जाने र फोहर गर्ने, दिसा, पिसाव गर्ने तथा गाईघाट बजार क्षेत्रका फोहर फाल्ने डम्पिङ स्थल बन्न पुग्दा त्रियुगा नदी क्षेत्र र नदीको पानी फोहर र प्रदूषित बन्न पुगेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका रत्नप्रसाद पोखरेल बताउनुहुन्छ । अहिले त्रियुगा नगरपालिकाको सक्रियतामा प्रत्यक महिना दुईपटक नदी सरसफाइ गर्ने र यस क्षेत्रमा फोहरमैला तथा दिसा, पिसाव गर्न प्रतिबन्ध गर्ने र त्रियुगा नगरपालिकाले दैनिक अनुगमन गर्ने कार्य शुरु गरेपछि अब त्रियुगा नदी क्षेत्र स्वच्छ बन्न पुगेको र नदीको पानी स्वच्छ बनेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरीले बताउनुभयो ।

त्रियुगा नगरपालिका वडा नं ११ का ६८ वर्षीय चञ्चलाल बोट पनि त्रियुगा नदी स्वच्छ र सफा बनेपछि खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिजो हामी सानो छँदा त्रियुगा नदीको पानी स्वच्छ थियो, यस क्षेत्रमा जनसङ्ख्या कम थियो, हामी नदीको पानी खाने र नदीमा नै नुहाउने गर्दथ्यौँ । पछि यस क्षेत्रमा जनसङ्ख्या वृद्धि भएपछि नदी किनार क्षेत्र फोहर र पानी पनि दुर्गन्धित बन्न पुग्यो । नगरपालिकाको पहलमा तीन वर्षदेखि नदी सरसफाइ अभियानलाई निरन्तरता दिएपछि अब नदी क्षेत्र र नदीको पानी स्वच्छ बन्न पुगेको छ ।” स्थानीय चूडामणि काफ्लेका अनुसार अहिले त्रियुगाको पानीले नुहाउन सकिने, पिउन सकिने र मठमन्दिरमा लगेर भगवान्को मूर्तिमा चढाउन सकिने बन्न पुगेको कारण सरसफाइको प्रभावकारीता बढेको काफ्लेले बताउनुभयो । जथाभावी फोहर फाल्ने र दिसा, पिसाव गर्ने कार्यले प्रदूषित बन्न पुगेको नदीलाई स्वच्छ राखेर पुरानै अवस्थामा ल्याउने कार्यलाई स्थानीयवासीले समेत सहयोग गरेका छन् । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.