बर्षाको धोका सहन नसकेर सबिनले उठाए यस्तो कदम,वर्षा तनाबमा भन्छिन् “ऊ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो” (भिडियो सहित)
नायिका वर्षा शिवाकोटी यतिबेला चर्चामा छिन् । केही समयदेखि प्रेममा रहेका उनका प्रेमी सबिनजंग थापाले वर्षाले धोका दिएको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल पारेपछि उनको चर्चा चलेको हो ।अमेरिकाको टेक्सासमा बस्दै आएका सविनजंगले केही हप्ताअघि एक फिल्म निर्माणको घोषणासमेत गरेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पहिलो प्रोजेक्टस्वरुप फिल्म ‘ओभरडोज’ मा जोडिएको बताएका थिए । साथै उनले यो फिल्मलाई लिएर आफू उत्साहित भएको पनि लेखेका थिए ।
सविनले सामाजिक सञ्जालमार्फत वर्षाले आफूलाई धोका दिएको भन्दै आफूलाई अप्ठेरो परेका बेला वर्षाले साथ नदिएको भन्दै लामो नोट लेखेका छन् । सविनले आफूले १७ महिनादेखि वर्षालाई प्रेम गरेको तर उनले धोका दिएको लेखेका छन् । उनले वर्षाले धोका दिएपछि आफू डराउन थालेको पनि बताएका छन् ।‘ठीकै छ, मैले जतिबेला संघर्ष गरिरहेको थिएँ, त्यही बेला छोड्यौ, म मेरो सपनाहरु पूरा गर्नेछु, तिमीलाई पनि गुड लक,’ उनले लेखेका छन् । भिडियो सहित
