Connect with us

एकलौटीरुपमा नगरसभा गरेको उपप्रमुखको आरोप

रौतहट, १९ माघ : राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाउनुभएको छ । आफूसँग कुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउनुभएको हो । राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटकपटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उहाँको भनाइ थियो ।

एकलौटीरुपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुशी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुगेर हस्ताक्षर गराएको बताउँदै उहाँले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुनै छलफल नभएको र आफूसँग कुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरुपमा आफ्नो खुुशी योजना ल्याएर नगरसभाबाट जबर्जस्ती पास गराएको आरोप लगाउनुभयो । नगरसभामा गएर आफुले आफ्ना कुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुखेसो व्यक्त गर्दै उहाँले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाउनुभयो ।

नगरप्रमुख सिंहले नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताउनुभयो । आफूले सबै कार्यपालिका सदस्यको सहमतिमा नै नीति तथा योजना ल्याई नगरसभा गरेको उहाँको भनाइ छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.