Connect with us

खप्तडछान्ना गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण

बझाङ, १९ माघ : जिल्लाको खप्तडछान्ना गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण गरेको छ । गाउँपालिकाको कार्यालय घाँटखोलामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले पालिकाभित्रका ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाएका २९ जनालाई प्रतिव्यक्ति एक सेट रेडियो र एक न्यानो सिरक वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई चिसो मौसममा न्यानो कपडा सिरक र सूचना तथा जानकारीका लागि रेडियो वितरण गरेको थियो । गाउँपालिकाभित्र क, ख, ग, घ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति धेरै भए पनि पहिलो चरणमा शाररीरिकरुपले अशक्त गाउँपालिकाभित्रका ‘क’ वर्गका सबै अपाङ्गता भएकालाई सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताउनुभयो ।

वार्षिक नीति तथा कार्यक्रममा असहाय, गरिब, अशक्तलाई विभिन्न चरणका सहयोग गर्ने कार्यक्रमअन्तर्गत रेडियो र सिरक वितरण गरेको उहाँले बताउनुभयो । पालिकाले यसअघि पनि ज्येष्ठ नागरिकलाई चिसोयाममा सिरकसमेत वितरण गरेको थियो भने अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालीमसमेत दिएको थियो । गाउँपालिकाले सिरक र रेडियो दिएपछि रेडियो सुनेर ज्ञानविज्ञानका कुरा तथा सूचना समाचार सुन्नेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तडछान्ना–६ का वीरबहादुर खड्काले बताउनुभयो । उहाँजस्तै अन्य सामग्री पाएका व्यक्ति पनि गाउँपालिकाले दिएको सहयोगप्रति खुशी भएका छन् । अपाङ्गता भएका व्यक्तिको राहत सामग्रीका साथै क्षमता विकास, आयआर्जन र संस्थागत विकासका लागि पालिकाले काम गरिरहेको कर्मचारीले बताएका छन् ।

दुई सयको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेको खप्तडछान्ना गाउँपालिकामा अपाङ्गता सञ्जालसमेत गठन गरी उहाँहरुको हकहित र क्षमता विकासका कामसमेत भइरहेको वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले बताउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.