Connect with us

रमेश प्रसाई र मिलन नेवारको स्वरमा ‘अरबको खाडी’बोलको गीतको भिडियो बाहिरियो

काठमाडौं । प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेको ‘अरबको खाडी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोजगारीको सिलसिलामा विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडी’बोलको गीतमा प्रेम चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत शृजना गरेका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा नेपाली भुगोल, माटो, प्रेम र नेपाली युवाको दर्द उतार्ने प्रयास गरेको निर्माण यूनिटले जनाएको छ । प्रेम आदित्य च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा मोडेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् ।

जसमा टिकटक बनाएर सबैभन्दा बढी भ्यूज बटुल्ने प्रतिस्पर्धीलाई पुरस्कृत गरिने बताइएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार नगद दिइनेछ । उत्कृष्टलाई अर्को गीतको भिडियोमा अभिनय गर्ने अवसर दिइने निर्माण यूनिटले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.