Connect with us

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम

काठमाडौँ, १७ माघ : निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ । दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिनुुभयो । निर्वाचन कार्यक्रम कार्यातालिका पनि अहिले तर्जुमाकै क्रम अर्थात् मस्यौदा बन्दै गरेको अवस्थामा छ । कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूूचना जारी गर्ने प्रवक्ता श्रेष्ठले राससलाई बताउनुुभयो ।

निर्वाचन कार्यतालिका स्वीकृत भएपछि शुुरुकै काम भनेको नै निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हो । आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ । प्रवक्ता श्रेष्ठ भन्नुहुुन्छ, “राजनीतिक दल दर्ता भएपछि मात्र अरु गतिविधि अघि बढ्ने भएकाले शुुरुकै कार्यक्रमअन्तर्गत दल दर्ता पर्छ । त्यो अब छिट्टै गर्नुुपर्ने अवस्था छ । प्रतिनिधिसभा विघटन र निर्वाचनका सम्बन्धमा सर्वाेच्च अदालतमा मुुद्दा परेको र उक्त मुुद्दामाथिको वहस पैरवी अभैm जारी रहेकोमा निर्वाचनका लागि तोकिएको मिति क्रमशः साँघुरिदै गएको छ । उक्त चुुनावको मतदानका लागि घोषणा भएको मिति आउन अब लगभग ९० दिन मात्र छ ।”(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.