Connect with us

शान्ति सुरक्षाका लागि समुदाय परिचालन

टीकापुर, १७ माघ : कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले समुदायमा शान्ति सुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन गर्न थालेको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्नका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कूल सम्पर्क कार्यक्रम, बस्ती तथा टोल सुरक्षा समिति गठन भइरहेको छ । यसरी गठन भएका समितिले समुदायको समस्या समाधानका लागि गस्ती गर्ने, निगरानी गर्ने र अपराधिक गतिविधिमा संलग्नलाई प्रहरीसमक्ष पुगाउने काममा सघाउँछन् । प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत बस्ती तथा टोलमा गठन गरिएका सुरक्षा समितिका कारण समुदायमा शान्ति सुरक्षा स्थापना गर्न सहयोग पुगेको नागरिकले महशुस गरेका छन् । गणेशपुर शिविरका बडघर सन्तोष घर्र्तीमगर आफ्नो टोलको सुरक्षा आफूहरुले नै गरिरहेको बताउनुहुन्छ ।

टीकापुरकै शक्तिनगर शिविरका निवर्तमान बडघर रामलाल डगौरालाई पनि आफ्नो बस्तीमा सुरक्षा समिति गठन गर्दा समाजमा हुने अपराधिक क्रियाकलाप कम भएको महशुस भएको छ । इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक अरुण बम सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत गठन गरिएका टोल तथा बस्ती सुरक्षा समितिका कारण बस्तीमा सुरक्षाको स्थिति मजबुत भएकाले प्रहरीलाई पनि निकै सहयोग भएको बताउनुहुन्छ ।

प्रहरीले विद्यालयमा गएर माध्यामिक तहका विद्यार्थीलाई ट्राफिक नियमको पालना, लागूपदार्थ दुव्यसनीबाट हुने नोक्सानी, साइबर क्राइम, बालविवाहले पार्ने नकारात्मक असरका विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । प्रहरीले उनीहरुलाई बाल यौन दुव्र्यवहार, गलत छुवाइ, विद्यालय, घर वा अन्य ठाउँमा हुने हिंसाविरुद्ध आवाज उठाउन र प्रहरीलाई खबर गर्न सिकाउन थालेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.