Connect with us

वन्यजन्तु निर्देशिका संशोधन गर्न स्थानीयवासीको माग

किमाथाङ्का, १६ माघ : सङ्खुवासभामा रहेको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीयवासीले निकुञ्जले बनाएको निर्देशिका संशोधन गर्न माग गरेका छन् । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको अन्नबाली सखाप बनाएपछि किसान चिन्तित भएका छन् । खेतबारीमा लगाएको अन्नबाली निकुञ्जका जङ्गली जनावरले नष्ट गर्ने गरेको स्थानीयवासीले गुनासो गरे । निकुञ्ज क्षेत्रमा भालु, बाँदर, रतुवा, मृगलगायत जङ्गली जनावरले कृषकका अन्नबाली नष्ट बनाएपछि स्थानीयवासी र सरोकारवाला निकायले निर्देशिकामा संशोधन गर्न माग गरेका छन् । मकालु बरुण राष्ट्रिय निकुञ्जले सदरमुकाम खाँदबारीमा गरेको कार्यक्रममा सरोकारवालाहरुले वन्यजन्तुले गरेको क्षतिबापत पाउने रकम उल्लेख नभएकाले निर्देशिकामा संशोधन गर्न माग गरेका हुन् । निर्देशिकाले तराई क्षेत्रका लागि मात्रै समेटेको गुनासो गरे । संरक्षित क्षेत्रका सरोकारवालाले निकुञ्ज क्षेत्रका जङ्गली जनावरले अन्नबाली मात्रै नभई मान्छेलाई समेत आक्रमण गर्ने गरेको बताएका छन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ (तेस्रो संशोधन, २०७५) मा १४ प्रजातिका वन्यजन्तुले गरेको क्षतिबापतको राहत उपलब्ध गराउने कानूनी व्यवस्था छ । निकुञ्ज क्षेत्रमा भालु, बाँदर, रतुवा, मृगलगायत जङ्गली जनावरले कृषकका अन्नबाली नष्ट बनाए पनि क्षतिपूर्ति पाउने व्यवस्था नभएको निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा वन्यजन्तुले अन्नबालीमा ठूलो क्षति गर्ने गरेको भए पनि निर्देशिकामा उल्लेख नभएपछि पीडित कृषकलाई क्षतिपूर्ति दिन नसक्ने अवस्था भएको सूचना अधिकारी पाठकले बताउनुभयो ।
राष्ट्रिय वन, सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा स्थानीय जनता आवतजावत गर्दा मौजुदा कानूनले वन्यजन्तुबाट हुने मानवीय क्षतिलाई राहतको दायरामा ल्याउने निर्णय गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटेल व्यवसायलाई कारको दायरामा ल्याउन र निर्माण प्रक्रियामा रहेका होटेल सञ्चालन कार्यविधिलाई यथाशीघ्र अन्तिम रुप दिन सबै सरोकारवाला निकायबाट पहल गर्ने निर्णय भएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन, मध्यवर्ती क्षेत्र र सामुदायिक वनभित्र सञ्चालित विकास निर्माणका आयोजना तथा कार्यक्रम सञ्चालन गर्दा वन वातावरण तथा जैविक विविधता संरक्षणलाई समेत दृष्टिगत गर्दै तोकिएका प्रक्रियाहरु पूरा गरेर मात्रै विकास निर्माण गर्नुपर्ने उल्लेख गरेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.