Connect with us

दिवा खाजा कार्यक्रमको प्रभावकारिता

जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ । रम्भा गाउँपालिका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ सम्ममा सञ्चालित दिवा खाजा कार्यक्रम यस आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई पनि प्रदान गरिएको बताउनुभयो । सङ्घीय सरकारको सहयोगमा कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो कार्यक्रम गाउँपालिकाको लगानीमा कक्षा ८ सम्म सञ्चालनमा आएको संयोजक बस्यालले बताउनुभयो ।

खाजा कार्यक्रमपछि दिनभर घरमा बस्ने बालबालिका नियमितरुपमा उपस्थिति हुने र कक्षा छाडने दर न्यून भएको बस्यालको दाबी छ । कक्षा पाँचसम्मका लागि रु २० लाख र कक्षा ६ देखि ८ सम्मलाई रु १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा नियमित गराउन थालेको छ । तिनाउ गाउँपालिकास्तरीय शिक्षा समितिका सदस्य चक्रब्यूह थापाले दिवा खाजा कार्यक्रमले विद्यार्थी सङ्ख्या बढेको बताउनुभयो । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर हुँदा शिक्षण सिकाइ प्रक्रियासमेत प्रभावकारी बनेको सदस्य थापाको भनाइ छ । स्थानीयस्तरमा उत्पादित पोषणयुक्त खाजा खाने विद्यार्थीमा स्वास्थ्यका दृष्टिकोण फाइदाजनक रहेको छ । रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गस्थित कालिका माविका प्रधानाध्यापक जर्नादन पोखरेलले दिवा खाजाले बालबालिकामा अल्छीपन नहुने हुदाँ शिक्षण सिकाइ प्रक्रियामा उत्साहका साथ सक्रियता रहने बताउनुभयो ।

पोषणयुक्त आहाराका कारण शारीरिकरुपमा समेत स्वच्छ रहन्छन् । निजी र सरकारी स्कूलबीचको समानता रहेका प्रअ पोखरेलको दाबी छ । दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या उत्साहजनक रहेको छ । शिक्षा समिति सदस्य थापाका अनुसार प्रावि तहका बालबालिकाभन्दा बालशिक्षामा दिवा खाजापछि विद्यार्थीको आकर्षण बढ्दो रहेको छ । कोरोना सङ्क्रमणपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दा व्यवस्थापनमा समस्या देखिएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.