Connect with us

आयातित सामग्रीको परिमाण बढाइदिन आग्रह

रसुवा, १६ माघ : रसुवागढी नाकाबाट कारोवार हुने चिनियाँ माल सामग्रीको आयात परिमाण बढाइदिन आग्रह गरिएको छ । नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापारी व्यवसायीलाई परेको मर्का र राजस्वमा आएको कमीलाई ध्यान दिँदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टिनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण माल सामग्री आयातमा कमी आएको बताइएको छ । आयात बढाउने व्यवस्थापन मिलाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण मानिसको आउजाउ पूर्णरूपले बन्द भए पनि गत असारदेखि दैनिक तीन कन्टेनर मात्र सामग्री आयात भइरहेको छ । कोरोनाको जोखिम अगाडि सामान लिन केरूङ गएका दर्जनौँ सवारी साधन चिनियाँ भूभागमै छाड्नुपर्दा यहाँका व्यवसायीलाई मर्का परेका बताइएको छ । चिनियाँ भूभागमा रोकिएका सवारी साधनको लगत तयारका प्रक्रियामा रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो ।

थोरै परिमाणमा आयात भएका सामग्रीमा तयारी कपडा, जुत्ता, चप्पल, रोलकपडा, ससाना सवारी साधन र विद्युत् उत्पादनका उपकरणजस्ता सामग्री रहेको भन्सार कार्यालय रसुवाका प्रवक्ता नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । चालु आवको साउनदेखि हालसम्म एक हजार २२३ मालबाहक कन्टेनर भन्सार हाताबाट बाहिरिएको र भन्सार शुल्कबापतको रु एक अर्ब ८१ करोड ६२ लाख, ६४ हजार ३३४ राजस्व सङ्कलन भएकोे उहाँले बताउनुभयो । गत वर्ष कोरोनाको समस्याबाहेक अन्य अवधिमा कूल रु आठ अर्ब २७ लाख ७७ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.