Connect with us

राष्ट्रको दिगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

विराटनगर, १६ माघ : प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने वीर शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक÷पटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्नुभएको छ ।

“जहाँनिया शासन, तानाशाही निर्दलीय एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त पार्न आफ्नो जीवनलाई उत्सर्ग गर्ने महान्् शहीद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्दछु”, सन्देशमा प्रदेश प्रमुख अधिकारीले भन्नुभएको छ, “बेपत्ता र पीडित नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको छ ।”

सन्देशमा उहाँले देशमा राजनीतिक सहमतिमार्फत दिगो शान्ति स्थापना गर्दै देश विकासमा जुट्न सकेमा सबै किसिमका विभेदको अन्त्य गर्न सकेमा शहीदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने बताउँदै राष्ट्रको सम्मुन्नत दिगो विकासमा अझ सुदृढ र एकजुट भएर लाग्न आम जनसमुदायमा अनुरोध गर्नुभएको छ । यो दिवसले स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताको मजबुत सूत्रमा बाँधिएर मन, वचन र कर्मले शहीदहरुको सपनालाई साकार पार्ने प्रेरणा मिलोस् भनी उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.