Connect with us

प्रादेशिक सञ्चार प्रतिष्ठान कार्यसम्पादन सम्झौता

मोरङ, १६ माघ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा बिहीबार प्रादेशिक सञ्चार प्रतिष्ठानले कार्यसम्पादन सम्झौता गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सो अवसरमा कार्यकारी निर्देशक शर्माले कार्यसम्पादन सम्झौतापछि प्रतिष्ठानले काम शुरु गर्ने जानकारी दिँदै प्रशिक्षण कार्यविधि, साङ्गठनिक संरचना निर्माणलगायतका काम शुरु गरिने बताउनुभयो । प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करारपछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था छ । प्रतिष्ठानले पत्रकारको क्षमतावृद्धि, सञ्चारगृहसम्बन्धी नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान, सूचनाको हक र पत्रकार आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धिलगायत काम गर्ने छ ।

प्रदेश नं १ को मन्त्रिपरिषद्को गत पुस ६ गतेको बैठकले वरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.