Connect with us

सर्पलाई ‘नाग देवता’ भन्दै पूजा गर्नेहरूको घुइँचो

जलेश्वर, १५ माघ : महोत्तरीको बलवा नगरपालिका– ११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ । रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयवासीले पूजाआजा गर्दै आएका छन् । सो सर्पलाई स्थानीयवासीले नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी गुलाम साहले बताउनुभयो । गाउँ नजिकैको वनछेऊ सतलाल राउतको खेतमा रहेको दुलोबाट सधैँ दिउँसो १२ बजेपछि निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको सो सर्पलाई वरपर छिमेकी गाउँबाट पनि हजाराँै मानिस हेर्न र पूजाआजा गर्नका लागि आउने गरेको स्थानीयवासी जीतेन्द्र मण्डलले बताउनुभयो ।

सो सर्प निस्कनेबित्तिकै चारैतिरबाट हेर्नेहरुले घेरिदिने र नजिकमा जाँदा पनि कसैलाई केही नगर्ने गरेको कारण सबैले त्यसलाई नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी वीरेन्द्र यादवले बताउनुभयो । सो सर्पलाई स्थानीयवासीले कचौरामा दूध खान दिने गरेका छन् भने पूजाआजा गर्नेहरुले फूल, तुलसी, बेलपत्रलगायतका वस्तु र फलफूल पनि चढाउने गरेको स्थानीयवासी बताउँछन् ।

शुरुशुरुमा वनमा घाँस काट्न गएका महिलाको एक समूहले सो सर्पलाई देखेका थिए भने उनीहरु डराएर भागेका थिए । तर पछि सर्प केही नगरेको र नभागेपछि महिलाले गाउँलेलाई सो कुरा सुनाएका थिए । त्यसै दिनदेखि आज १२ औँ दिनसम्म दैनिकरूपमा सो सर्प निस्कने गरेको र स्थानीयवासीसहित छिमेकी गाउँका समेत व्यक्तिहरु पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.