Connect with us

सल्लागाउँको आयस्रोत तरकारी र पशुपालन

अमरगढी, १३ माघ : डडेल्धुराको अमरगढी नगरपालिका–७ सल्ला गाउँमा हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् । यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । पहिले निर्वाहमुखी कृषि पेशा अपनाउँदै आएका सल्ला गाउँवासीले तरकारी खेती र पशुपालनलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन् । सात–आठ वर्ष पहिलेसम्म हिउँदेबाली खेती गर्ने त्यहाँका बासिन्दाको खेतबारीमा अहिले मौसमी र बेमौसमी तरकारी खेती उत्पादन हुन थालेको छ । सल्लागाउँमा बसोबास गर्ने करीब ५० घरपरिवारले व्यावसायिक तरकारीखेती र पशुपालनलाई मुख्य आयस्रोत बनाएका अगुवा कृषक खड्कबहादूर बोहराले जानकारी दिनुभयो ।

उनीहरूले हिउँदेबाली लगाउने खेतबारीमा बन्दा, काउली, धनियाँ, साग, आलु, गोलभेँडा, प्याज, लसुनलगायतका तरकारी उत्पादन गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् । “अन्नबाली खेती गर्दा घरमा उपभोग गर्नका लागि तरकारी किन्न बजार जाने गथ्र्यौँ, तरकारी खेती गर्न थालेपछि नगद बचत त भएको छ नै, आयआर्जन पनि भएको छ”, कृषक पदम बोहराले भन्नुभयो । करीब तीन रोपनी खेतमा तरकारी खेती गर्नुभएकी गोमती बोहराले मासिक रु चार देखि पाँच हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । तरकारी खेतीबाट भएको आम्दानीले घरखर्च चलाउन सजिलो हुनुका साथै बालबच्चाको पढाइमा पनि लगानी गर्ने गरेको स्थानीयवासी बताउँछन् । पुरुषको तुलनामा धेरै महिलाले तरकारी खेती गरेका छन् । बोहराले सिमी, काँक्रा, भेन्टा, खुर्सानी, बन्दा, बोडीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । उहाँले मौसमीभन्दा बेमौसमी तरकारी बढी फलाउने गरेका छन् । “बेमौसमा उत्पादन गर्दा धेरै मूल्य पाइन्छ”, उहाँले भन्नुभयो, “सकेसम्म बेमौसमी तरकारी उत्पादन गर्छु ।” यहाँ उत्पादन गरेको तरकारी धनगढी र पोखराको बजारमा बिक्री हुने गरेको छ । बोहराले उत्पादन गरेको तरकारी लैजान व्यापारी खेतबारीमै आउने गरेका छन् ।

“हामी जस्ता किसानलाई खाली जग्गा उपलब्ध गराए हुन्थ्यो”, उहाँले भन्नुभयो, “सरकारले किसानका समस्यालाई प्राथमिकतामा नराख्नाले अपेक्षित उपलब्धि हुनसकेन ।” नेपालमा उत्पादन गरेको तरकारी विदेश निर्यात गर्न सरकारी पहल हुनुपर्ने बोहराको भनाइ छ । “यहाँ बिक्री नभए विदेश निर्यात गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “बिक्री हुनेमा ढुक्क भए उत्पादन बढाउन सकिन्छ ।” बोहराले गरेको मेहनत निकै प्रशंसनीय रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । “व्यावसायिक तरकारी खेती र पशुपालन गर्ने यहाँ धेरै किसान छन्”, उहाँले भन्नुभयो, “यहाँका कृषकले व्यवसायिक कृषिको सम्भावनालई राम्रोसँग उजागर गरेका छन् ।” त्यसैगरी सो गाउँका बासिन्दाले पशुपालन गरेर दैनिक २०० लिटरसम्म दूध बिक्री गरेको जानकारी दिएका छन् । सल्लागाउँको उत्पादित दूध डडेल्धुरा सदरमुकाम अमरगढी, पोखरा, बागबजार र तुफानडाँडामा खपत हुन्छ । त्यसै यहाँबाट उत्पादित तरकारी सुदूरपश्चिमका सबै जिल्लामा पठाइने गरेको कृषक अगुवा बोहराले बताउनुभयो ।

जिल्लाकै नमूना गाउँको रुपमा रहेको सल्लागाउँको तरकारी मौसमी र बेमौसमी गरी सिङ्गो गाउँनै कृषि तथा पशुपालन क्षेत्रमा नमूना बन्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । व्यवसायिक कृषि उत्पादनका लागि अहिले उक्त गाउँलाई सहयोग पुग्ने गरी नै कृषि ब्लकको प्याकेजमा सहभागी गराउने लक्ष्य लिएको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम अमरगढी बजारसम्म सहज पहुँच रहेकाका कारण यहाँका किसानलाई बजारीकरणको कुनै समस्या रहेको छैन । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.