Connect with us

श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

कोलम्बो, १२ माघ : सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सीनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दिनुभयो ।

“सवै कुरा यथावत रहेमा कोरोनाविरुद्धको खोप झण्डै दुई हप्तामा दिन सकिने सम्भावना रहेको छ, अझ त्यो भन्दा चाडो पनि हुनसक्छ,” जयसिंघेले भन्नुभयो । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापक्षेले यस हप्ताको अन्त्यसम्ममा भारतमा बनाइएको खोप श्रीलङ्का आइपुग्ने विश्वास व्यक्त गर्नुभयो । श्रीलङ्काले पहिलो चरणमा छ लाख खोप ल्याउने र लगाइदिने तयारी गरेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
खोप लगाउनका लागि सबैभन्दा पहिला अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि क्रमशः लगाउनेहरूको प्राथमिकता क्रम पनि निर्धारण गरिएको छ ।

श्रीलङ्कामा अरु देशको तुलनामा धेरै पछाडि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएको हो । (रासस÷सिन्ह्वा)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.