Connect with us

अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

झिमरुक, १२ माघ : सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । तीन व्यक्तिको साझेदारीमा हाम्रो बहुद्देश्यीय कृषि फार्ममार्फत विसं २०७६ असार र साउनदेखि अम्बा र ड्रागनको खेती गरिएको छ । दर्भानका स्थानीय केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले साझेदारीमा व्यावसायिकरुपमा खेती गर्दै आउनुभएको छ ।

दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बा र एक हजार २०० ड्रागनका बोट लगाएको सञ्चालक गुरुङले जानकारी दिनुभयो । भारतको तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको विरुवा लगाइएको छ । “नेपालका विभिन्न क्षेत्रमा भारत तथा चाइनाबाट अम्बा खरीद गरिएको पाइन्छ”, उहाँले भन्नुभयो, “जिल्लासँंगै छिमेकी जिल्लामा खपत हुने विश्वासले खेती गरेका हौँ ।” एक वर्षको अवधिमा दुई चरणमा अम्बा फलेको र बेचेको सञ्चालक गुरुङले बताउनुभयो । “दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बेचिसक्यौँ”, उहाँले भन्नुभयो, “अब तेस्रो चरणको अम्बा फल्दैछ ।” प्रतिकेजी रु १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उहाँको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे पनि अम्बा खेती राम्रो हुने उहाँले बताउनुभयो ।

त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं ०७७ साउनदेखि कात्तिक महिनाको अवधिमा एक क्विन्टल ड्रागन फ्रुटको बिक्री भएको जनाइएको छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फु्रटको खेती गरिएको हो । पहिलो वर्ष केही कम मात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने उहाँले बताउनुभयो । फार्ममा रातो र सेतो गरी दुईथरीको ड्रागन फ्रुट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी रु ८०० र सेतोलाई प्रतिकेजी रु ७०० मा बिक्री गरेको उहाँले बताउनुभयो । उत्पादित फु्रट जिल्लासँगै बुटवल, काठमाडौँमा माग आएअनुसार खपत भएको हो । नेपालमै यो खेती कम मात्रा गरिएकाले बिक्रीवितरण सहजरुपमा हुने विश्वास लिएको उहाँले बताउनुभयो । तीन जनाको करीब रु २५ लाख लगानीमा खेती गरिएको हो । वार्षिक रु एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कट्ठा जमीन भाडामा लिइ उक्त खेती गरिएको हो । ड्रागन फु्रट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर, ४०० बिरुवा स्टाबेरीको पनि खेती गरिएको छ ।

सानैदेखि किसान खेती गर्दै आउनुभएका उहाँले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशा अगालेको जानकारी दिनुभयो । भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारत खासै कृषि क्रान्ति भएन । उहाँले भन्नुभयो, “व्यवहारत कृषि क्रान्तिका लागि हामीले यी खेती गरेका हौँ ।” अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उहाँको भनाइ छ । व्यवसाय सञ्चालनका लागि एक जना व्यवस्थापक पनि राखिएको छ भने धेरै काम गर्ने समयमा अन्य कामदार पनि खटाउने गरिएकोसमेत उहाँले बताउनुभयो । हावापानी राम्रो रहेकाले जिल्लामा यसको उत्पादन राम्रो हुने विश्वास लिइएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.