Connect with us

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौँ, १२ माघ : आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने लोगोले रु पाँच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उक्त लोगो ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ को औपचारिक लोगो हुनेछ । ओलम्पियाडसम्बन्धी नेपाली समाजमा जनचेतना कार्यक्रमअन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको सोसाइटीले जनाएको छ ।

सोसाइटीले ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य तहका व्यक्तिको पनि सहभागिता होस् भन्ने उद्देश्यले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउँदै आएको छ । यसैअनुरुप आठौँ ओलम्पियाडका लागि आइतबारदेखि आवेदन खुला गरिएको छ । प्रतियोगितामा हालसम्म कपिल रोकाया, योञ्जन जेन्सुन, सन्दीप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन् ।

लोगोमा खगोल विज्ञान, शिक्षा, नेपाल र ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ समावेश गरिएको हुनुपर्ने नियम छ । आवेदन निःशुल्क छ तर एक व्यक्तिले बढीमा तीन लोगो पेश गर्न सक्ने जनाइएको छ । डिजाइनमा आफ्नै मूल विचार र सिर्जना हुनुपर्छ । लोगो ६०० र ६०० पिक्सेलको आकारमा हुनुपर्छ । लोगो बढीमा ५० शब्दमा वर्णन गरिएको हुनुपर्छ । बिना विवरणको डिजाइन मूल्याङ्कन नगरिने जनाइएको छ । इच्छुकले www.nepalastronomicalsociety.org/olympiad मा गई आफ्नो सिर्जना आवेदनमार्फत दिन सकिने जनाइएको छ ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताउनुभयो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news3 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other2 weeks ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.