Connect with us

कालीगण्डकी करिडोरद्वारा म्याग्दीको दानामा सडक निर्माण

म्याग्दी, ११ माघ : कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा विभिन्न विकास आयोजना निर्माण भएका छन् । यसअघि फगाम, सुवामा सडक निर्माण गरेको आयोजनाको सहयोगमा वडा कार्यालय भवन ढलान र ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको हो । आयोजनाको ठेकेदार कम्पनी टाटाले जलथले, फगाम, सुवा हुँदै दुवारीखोला जोड्ने सडक निर्माण गरेको थियो । प्रसारण लाइनको टावर निर्माणस्थलमा सामग्री ढुवानी गर्न निर्माण भएको यो सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । दुवारी खण्डमा पहिरोले भत्काएको सडक मर्मत गरेमा जलथले–दुवारी खण्डको बेनी–जोमसोम सडकको विकल्प बन्ने वडाध्यक्ष नरसिंह पुर्जाले बताउनुभयो । अहिले फगाम र सुवाका बासिन्दाले आवतजावतका साथै कृषि उपज निकासी र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा यो सडक प्रयोग गरेका छन् । चार किलोमिटर दूरीको यो सडक निर्माण गर्न टाटाले करिब रु ५५ लाख खर्च गरेको जनाएको छ ।

यसैगरी आयोजनाको रु १२ लाख सहयोगमा दानास्थित वडा कार्यालय भवन ढलान गरिएको छ । यसअघि वडा कार्यालयको भवन जस्तापाताले छाइएको थियो । जस्पातापाता हटाएर ढलानसँगै भवनभित्रका कोठा मर्मतसमेत गरिएको वडाध्यक्ष पुर्जाले बताउनुभयो । यसअघि भवन चुहिने समस्या थियो । भवन मर्मत र ढलान गरेपछि सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष पुर्जाले बताउनुभयो । यसैगरी दानाको घट्टेखोलास्थित बेनी–जोमसोम सडकबाट ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको छ । सडक निर्माणका लागि आयोजनाले गाउँपालिकामार्फत उपलब्ध गराउने गरेर रु २० लाख विनियोजन गरेको थियो । नालीसहित छ मिटर फराकिलो ४०० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुरत केसीले बताउनुभयो । सडकको दुईतर्फ पर्खाल निर्माण भएको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको छ ।

अध्यक्ष केसीले सडक, नाली र पर्खाल निर्माणको काम सकेर गाउँपालिकामा भुक्तानीको प्रक्रिया अघि बढाएको बताउनुभयो । नमूना विद्यालयमा छनोट भएको विद्यालयसम्म सहज पहुँच पुग्नुका साथै दानागाउँका बासिन्दालाई आवतजावत र ढुवानीमा सुविधा पुगेको उहाँले बताउनुभयो ।  यसअघि साँघुरो सडकमा सवारी साधन र मानिस आवतजावत गर्न समस्या भएको थियो । जलविद्युत्, प्रसारण लाइनलगायत विकास आयोजनाले कूल लागतको ०.७५ प्रतिशत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार सामाजिक गतिविधिमा खर्च गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रसारण लाइन प्रभावित क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर आवश्यकताका आधारमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.