Connect with us

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

काठमाडौँ, १० माघ : चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२ रन मात्र बनायो ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नु भएन । बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिनुभयो । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई÷दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक एक विकेट लिनुभयो ।

समूह ’बी’ मा रहेको लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो । यस्तै सुदूरपश्चिम हालसम्म दुई खेलमै पराजित भइ अङ्कबिहीन अवस्थामा छ । सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.