Connect with us

सडक निर्माणमा कमसल सामग्री

बझाङ, ९ माघ : बागथलाबाट भोपुरसम्मको जयपृथ्वी राजमार्गमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको आशङ्का व्यक्त गर्दै स्थानीयवासीले चासो व्यक्त गरेका छन् । केही युवाले सडक अवलोकन गर्दा निर्माण सामग्री कमसल प्रयोग गरी सडक कालोपत्रे भइरहेको पाइएको थियो ।

कालोपत्रे गर्दा प्रयोग गरिएको अलकत्रा हातले उप्काउन मिल्ने खबर आएपछी बझाङका युवाले उक्त सडकको निगरानी गरेको थिए । अवलोकन गर्न जाँदा कमसल निर्माण समाग्री प्रयोग गरेको र सडकको धुलो सफा नगरी अलकत्रा बिछ्याएको पाइएको स्थानीय अशोक मल्लले बताउनुभयो । उहाँका अनुसार सडक कालोपत्रे गर्दा ‘रिसोलिङ पिच’ गर्नुपर्ने ठाउँमा गिट्टी नराख्ने गरेको र मात्राअनुसार अलकत्रा प्रयोग नगरी सडक कालोपत्रे भइरहेको छ । सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नुपर्ने भए पनि त्यसो नगरिएको पाइएको हो । यता कालोपत्रेको काममा गल्ती भएकोे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रसाद खनाल स्वीकार गर्नुभएको छ ।

ओटासिल सडक उप्कीसकेकाले सो मर्मतका लागि करिब रु छ करोडमा कम्पनीसँग सम्झौता भएको भए पनि निर्माण कम्पनीले सडकको छेउमा जाली नहाल्ने तथा किनारामा नाला नबनाएर नै सडक मर्मत गरिरहेको पाइएको छ । सडक निर्माणमा भइरहेको कमसल सामान परिवर्तन गरी गुणस्तरीय सामान प्रयोग नगरेमा युवाले कामलाई अवरोध पु¥याउने बताएका छन् । सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमाडौँलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Copyright © 2017 ostake.