Connect with us

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

सप्तरी, ९ माघ : सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ । दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१त ३७७० नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापा प्रहरी नियन्त्रणमा छन् । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ ढुङ्गा लिन आउँदै गरेको ट्र्याक्टर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news3 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other2 weeks ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.