Connect with us

कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी

पुणे, ८ माघ : कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ ।

आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ । आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।

एक अधिकारीले भने “आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन ।” यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानकारूपमा लगाइराखिएको छ । (रासस÷एएनआई)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.